Labels

Monday, December 13, 2010

Voltmeter Design

एउटा काम गर्नुपर्ने भो । मामाको इन्भर्टर्को ब्याट्रीको Voltage Monitor गर्नु पर्यो रे , ब्याट्री ओभर चार्ज या Under Charge थाहा पाउन पर्यो! अस्तिनै किनेको सस्तो खाले Digital Multimeter ले त जे पायो तेही Reading देखाउन थाली सकेछ । Made in China, आजकिन्यो भोलि छैन । अब जाबो एउटा भोल्टेज मात्र हेर्नलाई नयाँ महँगो मिटर किन्ने कुरो आएन । त्यही भर बोरू अब Analog Multimeter नै किन्ने बिचार आयो । तर, बजारमा राम्रो Precision को Analog Multimeter नै पाइँदैन, पाएनि एकदम महँगो हुन्छ होला। अब, 0.5 Voltage सम्मको रिडिङ राम्रोसँग लिन त मिटर पनि अल्ली ठुलो नै चाहियो नि । सानो खाले 0 to 18 V Range को मिटरमा त, 14.5 Volt र 15.5 Volt छुट्याउनै सकिँदैन । तर ब्याट्रीको चार्ज Monitor गर्न त, पोइन्ट पोइन्ट को मतलब हुन्छ ।

यसो बिचार गरें । मलाई 0 देखिकै भोल्टेज किन नाप्नु पर्यो र ? ब्याट्रीको भोल्टेज १२ भन्दा कम हुने हैन ।बरु सानै मिटरमा 0 देखि 16V नाम्नुको सट्टा 12 V देखि 16 V नाप्न मिल्यो भने त, भोल्टेज पनि अल्ली Precisely नाप्न मिलिहाल्छ नि ! हो आइडा आयो । एउटा 12 V को जिनर डायोड् राख्दिने, Problem Solved. मसँग एउटा 0 to 240V AC नाप्ने भोल्ट मिटर थियो । तेसैलाई खोलेँ । त्यसको रजिस्टर र Diode हटाएँ । एउटा Variable Voltage Source युज गरेर, Full Scale Deflection लागि चाहिने करेन्ट पत्ता लगाएँ । Coil को रिजिस्ट्यान्स नापेँ, 212 ohm रे छ । आब १६ भोल्टमा Full Scale Deflection हुनको लागि Series मा राख्नुपर्ने Resistance हिसाब गरेर निकालेँ । सोल्डिङ गरेँ । Calibration गर्न एउटा कागज टाँसेँ । Variable Voltage Source ले भोल्टेज बढाउँदै, Multimeter ले नाप्दै Calibration गरेँ । Battery Voltage Monitoring Voltmeter तयार !


No comments:

Post a Comment